काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेड र नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।
रिलायन्स फाइनान्स १३ लाख ७३ हजार ४८६.५० कित्ता बोनस सेयर आइतबार नेप्सेमा सूचीकृत भएको छ । फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गरेको १५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराएको हो ।
यस्तै नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको २ लाख ९ हजार ३०० कित्ता बोनस सेयर आजै नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ७ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।
FACEBOOK COMMENTS