काठमाडौं । नेपालको केबल, तार, तथा कन्डक्टर उत्पादनमा अग्रणी लिट्मस इन्डस्ट्रीजले नेपालमै पहिलो पटक मिडियम भोल्टेज एक्सएलपीई कभर्ड कन्डक्टर उत्पादन गरेर एक ऐतिहासिक उपलब्धि हासिल गरेको छ । २०,००० किलोमिटर वार्षिक उत्पादन क्षमता भएको यस प्रविधिले अब आयातमा निर्भरता कम गर्दै, ऊर्जा आत्मनिर्भरता प्रवर्द्धन गर्ने र उच्च कार्यक्षमताका भरपर्दा पावर ट्रान्समिसन संरचनाहरूको मागलाई सम्बोधन गर्ने लक्ष्य राखेको छ ।
उच्च गुणस्तर र टिकाउपनाका सर्वोच्च मापदण्ड पूरा गर्न डिजाइन गरिएका यी कन्डक्टरहरू ईएन ५०३९७ र आईएस ३९८ – भीआईअन्तर्गत प्रमाणित छन् । एडभान्स्ड जर्मन प्रविधिको प्रयोगमा आधारित निर्माण प्रक्रियामा उत्कृष्ट इन्सुलेशनका लागि ट्रिपल–लेयर एक्स्ट्रुसन, उच्च–गुणस्तरको क्रस–लिङ्किङका लागि डीप–वाटर क्युरिङ, र स्पार्क परीक्षण तथा एन्टि–ट्र्याकिङ परीक्षणजस्ता उत्कृष्ट गुणस्तर परीक्षणहरू समावेश छन् । यसले यी कन्डक्टरहरूलाई नेपालको विविध र चुनौतीपूर्ण भूभागहरूमा पनि प्रभावकारी प्रदर्शन र दीर्घकालीन संरचना सुनिश्चित गर्न पनि सक्षम बनाउँछ ।
११ केभीदेखि ३३ केभी क्षमताका यी कन्डक्टरहरू विशेष गरी जंगल क्षेत्रमा आगलागीको जोखिम घटाउने उद्देश्यले निर्माण गरिएका छन् । वातावरणीय अनुकूलताको लागि तयार पारिएका यी कन्डक्टरहरू टिकाउ र भरपर्दा छन्, जसले मर्मत खर्च कम गर्नुका साथै निरन्तर ऊर्जा आपूर्ति सुनिश्चित गर्दछ । यी उत्कृष्ट कन्डक्टरहरूले घरेलु पूर्वाधार तथा सीमा–पार बिजुली निर्यातलाई समेत प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
मिडियम भोल्टेज एक्सएलपीई कभर्ड कन्डक्टरको उत्पादनमा अग्रणी भूमिका निर्वाह गरेर, लिट्मस इन्डस्ट्रीजले नेपालको ऊर्जा पूर्वाधारलाई सुदृढ बनाउँदै देशलाई क्षेत्रीय ऊर्जा नवप्रवर्तनमा अग्रणी स्थानमा स्थापित गरेको छ । यो उपलब्धिले गुणस्तर, दिगोपन, र प्रविधिक विकासप्रतिको कम्पनीको अटल प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ ।
लिट्मस इन्डस्ट्रीजले घरायसी तार, औद्योगिक केबल र वातावरण मैत्री हलोजन–रहित इकोवायर लगायत विभिन्न उच्च गुणस्तरीय उत्पादनहरू बजारमा उपलब्ध गराउँदै आएको छ । मिडियम भोल्टेज एक्सएलपीई कभर्ड कन्डक्टरको उत्पादनमार्फत, ल्टिमस इन्डस्ट्रीजले, नेपालको ऊर्जा आत्मनिर्भरता र पूर्वाधार विकासलाई सुदृढ गर्न, समग्र नेपाली केबल उद्योगमै अग्रणी र नेतृत्वदायी भूमिकामा बलियो उपस्थिति देखाएको छ ।
FACEBOOK COMMENTS