काठमाडौं । लखनउ सुपर जाइन्टले आइपिएलको यस सिजनको दोस्रो खेलमा पहिलो जित हासिल गरेको छ । आइतबार सम्पन्न खेलमा लखनउले सनराइजर्स हैदरावादलाई ५ विकेटले पराजित गरेको हो ।
सनराइजर्सले दिएको १५७ रनको लक्ष्य पछाएको लखनउले १९।५ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । लखनउको जितमा ऋषव पन्तले अविजित ६८ रन बनाएका थिए । त्यस्तै एडन मार्क्रमले ४५ रन बनाएका थिए ।
यस अघि पहिला ब्याटिंग गरेको सनराइजर्स हैदरावादले २० ओभरमा ९ विकेट गुमाएर १५६ रन बनाएको थियो । सनराइजर्सका लागि हेईनरिच क्लासेनले ६२ र नितिश कुमार रेड्डीले ५६ रन बनाएका थिए ।
त्यस्तै लखनउका बलर मोहमद शामी, प्रिन्स यादव र अभेश खानले २(२ विकेट लिएका थिए ।
यो लखनउको दोस्रो खेलमा पहिलो जित हो भने सनराइजर्सको तेस्रो खेलमा दोस्रो हार हो ।

