काठमाडौं । माछापुच्छ्रे बैंकका ग्राहकले द मेट्रोपोलिटन होटल (मर्क्योर) मा छुट पाउने भएका छन् ।
बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरूले मर्क्योर होटलका विभिन्न सेवा सुविधामा बढिमा १० प्रतिशतसम्मको विशेष छुट प्राप्त गर्नेछन् ।
बैंकका ग्राहकहरूले मर्क्योर होटलमा बसाइ, खानपान तथा अन्य सेवाहरूमा उत्तः आकर्षक छुटहरू प्राप्त गर्न सक्नेछन् । बैंकले आफ्ना ग्राहकलाई उच्चस्तरीय सेवा प्रदान गर्ने तथा ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिने उद्देश्यले यस्ता सहकार्यहरू गर्दै आएको छ ।
बैंकले १६५ वटा शाखाहरु, ९९ शाखारहित बैकिङ्ग सेवा र ११ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २७५ स्थानमा रहेका सेवा सञ्जाल तथा २०४ वटा एटीएमहरु मार्फत १६ लाख भन्दा बढि ग्राहक महानुभावहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।
FACEBOOK COMMENTS