काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केन्द्रदेखि प्रदेशसम्मका सरकार ढलिसक्दा पनि अझै होस नखुलेको भन्दै ओलीलाई कटाक्ष गरेका छन् ।
उनले केन्द्रदेखि प्रदेशसम्मका सरकार ढलिसक्दा पनि अझै होस नखुलेको भन्दै अध्यक्ष ओलीप्रति कटाक्ष गरेका हुन् । नेकपा स्थापना दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गदै अध्यक्ष नेपालले सबैतिर पछि पर्दा ओलीको होस नखुलेको टिप्पणी गरे । ‘केन्द्रमा पछारिए, प्रदेशमा पछारिए, राष्ट्रियसभामा पछारिए, पछारिँदाखेरि पनि अहिलेसम्म पनि होस खुलेको छैन’, नेपालले भने ।
महानगर र उपमहानगरपालिकाको भागबन्डाले गठबन्धनमा राम्रो सन्देश दिए पनि जिल्ला तहको रिपोर्ट आशावादी नरहेको उनको भनाई थियो । ‘तल जिल्लाहरूको रिपोर्ट सुन्दा आशावादी र उत्साही हुने अवस्था छैन । देशैभर हाम्रो पार्टीको सञ्जाल छ, न्यूनतम कम्तीमा पनि एउटा पालिका हामीले पाउनु पर्छ भन्ने हो,’ अध्यक्ष नेपालले भने, ‘एमालेले जितेका ठाउँमा हाम्रो पहिलो हक रहन्छ । तर यहाँ गडबड गर्न खोजिएको छ ।’
FACEBOOK COMMENTS