जनकपुरधाम । जनमत पार्टीले मुख्यमन्त्रीमा लोसपा नेता जितेन्द्र प्रसाद सोनार (सोनल) लाई समर्थन रहेको आधिकारीक पत्र प्रदेश प्रमुखलाई बुझाएको छ ।
जनमतको समर्थन रहेको भन्दै सोनल र कांग्रेसका नेता कृष्ण प्रसाद यादवले मुख्यमन्त्रीमा दाबि पेश गरेपछि जनमतले सोनललाई समर्थन रहेको आधिकारिक पत्र प्रदेश प्रमुखलाई बुझाएको हो ।
यसअघि मंगलबार मुख्यमन्त्री सतिश कुमार सिंहले राजीनामा दिएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज ४ बजेसम्मको समय दिएर सरकार गठनका लागि आव्हान गरेको समय सकिएको छ ।
FACEBOOK COMMENTS