काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारीले विश्व आर्थिक परिदृश्य र बाह्य क्षेत्रको प्रभाव नेपालको अर्थतन्त्रमा पनि देखिएको र आगामी दिन अझ बढी चुनौतीपूर्ण हुनसक्ने बताएका छन् ।
बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) को तेस्रो वार्षिक साधारणसभामा उनले यस्तो बताएका हुन् ।
“अर्थतन्त्रमा पछिल्लो समय केही सुधार हुँदै गए पनि पूर्ण रुपमा चुनौतीबाट बाहिर आइसकेका छैनौँ । अर्थतन्त्र सुधारका लागि सबै पक्ष लाग्नुपर्नेछ । विश्व परिदृश्य हेर्दा आगामी वर्ष अझ चुनौतीपूर्ण छ”, अधिकारीले भने ।
नेपालमा मूल्य स्थिरता र बाह्य क्षेत्रको स्थिरता व्यवस्थापन चुनौतीपूर्ण हुने उनको भनाइ छ । गत वर्षको तुलनामा यस वर्ष बाह्य क्षेत्र अझ बढी प्रभावित हुने गभर्नर अधिकारीले बताए ।
FACEBOOK COMMENTS