काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो क्याबिनेटबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन बाहिरिनुका कारणबारे खुलासा गरेकी छिन् ।
आज सोमबार राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्ने क्रममा उनले पुनले केही कानुन बनाउन भनेको र ती कानुन बनाउने कुरामा सहयोग गर्न नसक्दा पुन रिसाएर हिँडेको बताइन् ।
‘जहाँसम्म महाविर पुनको कुरा छ, उहाँ त रिसाएरै जानुभएको हो । दुई चार वटा कानुन बनाउन भन्नुभएको थियो । ती कानुन राम्रै थियो,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘तर हामीले छोटो समयमा कानुन बनाएर सहयोग गर्न सकेनौँ । अनेक परिस्थिति हुन्छ । सबै कुरा हुँदैन ।’
यो पनि पढ्नुहोस्–

FACEBOOK COMMENTS