काठमाडौं । सुन तस्करी प्रकरणको छानविनका लागि पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई भैरहवाबाट काठमाडौँ ल्याइएको छ ।
पूर्वसभामुखसमेत रहेका महरालाई सुन तस्करी प्रकरणको अनुसन्धानको क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले सोमबार बिहान कपिलवस्तुबाट पक्राउ गरेको हो ।
महरालाई यती एअरको जहाजमार्फत भैरहवाबाट काठमाडौँ ल्याइएको प्रहरी स्रोतले जनाएको छ।
उप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका नेताहरुलाई छानविनका लागि पक्राउ गर्न निर्देशन दिएका थिए । उनले गृह सचिवसहित प्रहरी उच्च अधिकृतलाई पनि अनुसन्धान अघि बढाउन निर्देशन दिएपछि प्रहरीले पक्राउ गरेको हो ।
यसअघि महरासँग आयोगले बयान समेत लिएको थियो । उनका छोरा राहुल महरा विद्युतीय चुरोट ९भेप० मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।
FACEBOOK COMMENTS