वीरगञ्ज । नेपाल विद्युत प्राधिकरणले बिजुलीको लाइन काटिदिएको विरोधमा कार्यरत मजदुरहरुले प्रदर्शन गरेका छन्
बाराको सिमरास्थित जगदम्बा स्टिल, त्रिवेणी स्पिनिङ मिल र हुलास स्टिलमा कार्यरत मजदुरहरुले प्रदर्शन गरेका हुन्।
बिजुली काटिएपछि उद्योग बन्द हुँदा आफूहरुको रोजीरोटी संकटमा परेको भन्दै मजदुरहरुले प्रदर्शन गरेका छन् । उनीहरुले उद्योग र प्राधिकरणबीचको द्वन्द्वको मारमा आफूहरु परेको गुनासो गरेका छन् ।
मंगलबार बिहान जगदम्बा स्टिल उद्योगका मजदुरहरुबाट विरोध प्रदर्शन सुरु भएको थियो । त्यसपछि त्रिवेणी स्पिनिङ मिल र हुलास स्टिलमा कार्यरत मजदुरहरु पनि प्रदर्शनमा उत्रिएका छन् ।
जगदम्बा स्टिलमा करिव ३ हजार ५ सय, त्रिवेणी स्पिनिङमा करिव २ हजार ५ सय र हुलास स्टिलमा करिव एक हजार ५ सय मजदुरहरु कार्यरत छन् ।
लोडसेडिङका बेला केही उद्योगले प्रिमियम शुल्क लाग्ने डेडिकेटेड र ट्रंक लाइनबाट बिजुली प्रयोग गरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले छुट बिलको पत्र काटेपछि विवाद बढेको थियो ।
डेडिकेटेड र ट्रङ्कलाइनको बिल नतिर्ने अर्घाखाँची सिमेन्टसहित चार उद्योगको बिजुली काटियो
डेडिकेटेड र ट्रंकलाइनको बिल नतिर्ने थप दुई उद्योगको लाइन प्राधिकरणले काट्यो
FACEBOOK COMMENTS