काठमाडौं । एमसीसीविरुद्ध साउन ३० गते नेत्रविक्रम चन्द विप्लवले देशभर प्रदर्शन गर्ने भएकाे छ ।
साउन ३० गते देशका मुख्य सहरमा एमसीसी विरुद्ध जनप्रदर्शनको आह्वान गरेको हो । नेकपाको एमसीसी सरोकार समितिका संयोजक भरत सीले एक विज्ञप्ति जारी अमेरिकाले केही महिना अगाडि स्थगित गरेको एमसीसी परियोजना नेपालमा पुन: सुरु गर्ने निर्णय गरेकोको भन्दै आपत्ति जनाएका छन ।
विज्ञप्तिमा भनिएको छ, ‘एमसीसी विरुद्ध नेकपासँगै स्वाभिमानी नेपाली जनता आन्दोलनरत छन् । परिमार्जनबिना जबरजस्ती पुन: एमसीसी लाद्नु घातक छ । एमसीसी विरुद्धको न्यायोचित देशभक्तिपूर्ण जनसङ्घर्ष अघि बढाउन र सफल पार्न सम्पूर्ण देशभक्त, वामपन्थी, कम्युनिस्ट, समाजवादी र गणतन्त्रवादी शक्तिलाई हार्दिक अनुरोध गर्दछौँ ।’
FACEBOOK COMMENTS