काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देल पुन: राष्ट्रपति भवन शीतलनिवास पुगेका छन् ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलसँग वान टू वान एक घण्टा छलफल गरेर बाहिरिएका उनी पुन: शीतल निवास पुगेका हुन् ।
अहिले शीतल निवासमा राष्ट्रपति पौडेल, प्रधानसेनापति सिग्देल र जेन्जीको प्रतिनिधिहरूबीच छलफल चलिरहेको छ । जेन्जीले प्रस्ताव गरेकै व्यक्ति पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाममा सहमति जुटे पनि प्रक्रियागत विषयामा अहिले छलफल चलिरहेको हो ।
जेन्जीहरूले प्रतिनिधि सभा विघटन गरेर नयाँ अन्तरिम सरकार बनाउनुपर्ने बटमलाइन सृजना गरेका छन् भने राष्ट्रपति पौडेलले उक्त कुरा अस्वीकार गर्दै आएका छन् । यद्यापि, यो विषयमा आजै निकास दिनेगरी छलफल भइरहेको बताइएको छ ।
संसद विघटन गरी अन्तरिम सरकार बनाउनुपर्ने जेन्जीको बटमलाइनमा राष्ट्रपतिको असहमति
FACEBOOK COMMENTS