काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नाडा अटोमोबाइल एसोसिएशन अफ नेपाल (नाडा) का पदाधिकारीबीच भेटावार्ता भएको छ ।
आज सोमबार नाडाका अध्यक्ष करण चौधरी नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री पौडेलसँग भेट गरेको हो । भेटमा नाडाका अध्यक्ष चौधरीले अर्थमन्त्री पौडेललाई आउँदो भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डप परिसरमा आयोजना हुने १७औँ संस्करणको ‘नाडा अटो शो–२०२५’ को प्रमुख अतिथिका रूपमा उद्घाटन गरिदिन आग्रह गरे ।
अध्यक्ष चौधरीले धेरै समयको अन्तरालपछि नेपालको अटोमोबाइल क्षेत्रलगायत समग्र निजी क्षेत्रमैत्री बजेट आएको बताए ।
यस्तै, नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले नेपालमा पहिलो पटक सिमरामा सवारीसाधन मेनुफेक्चरिङ उद्योग खोल्ने तयारी भइरहेकाले यस्ता उद्योगलाई टेवा पुग्ने नीति आउनुपर्ने, मेनुफेक्चरिङ उद्योगलाई थप सुविधा उपलब्ध गराउनुपर्ने र नीतिमा स्थिरता ल्याउनुपर्नेमा जोड दिए ।
अर्थमन्त्री पौडेलले नाडाको राखेको नाडा अटो शो उद्घाटनको आग्रहलाई स्वीकार गर्दे नेपालका अटोमोबाइल व्यवसायीहरूले धेरैभन्दा धेरै राजस्व उपलब्ध गराएर सरकारलाई सहयोग गर्नुपर्ने बताए ।
छलफलमा नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पङ्कज अग्रवाल तथा एसोसिएशन सचिव सुरेन्द्र प्रधान पनि उपस्थित थिए ।
FACEBOOK COMMENTS