काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंबी भेटवार्ता हुने भएको छ ।
उनीहरूबीच पुस १५ गतेभित्र उच्चस्तरीय भेटवार्ता तय गरिएको हो । प्रधानमन्त्री कार्कीका मुख्य सल्लाहकार अजयभद्र खनालले प्रसाईंलाई पत्र पठाउँदै भेटवार्ता तय गरिएको जानकारी गराएका हुन् ।
सरकारले सञ्चारमन्त्री जगदिश खरेलको संयोजकत्वमा वार्ता समिति नै गठन गरेर निरन्तर संवाद भइरहेको जनाएको छ । सरकारले विभिन्न पाँचवटा बुँदामा तत्काल सम्बोधन गर्नुपर्ने विषयहरू पनि प्रसाईंलाई पत्रमार्फत जानकारी गराएको छ ।
FACEBOOK COMMENTS