काठमाडौं । अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल (एम च्याम नेपाल) ले मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठलाई अर्को कार्यकालका लागि आफ्नो नयाँ अध्यक्षमा नियुक्त गरेको छ ।
उनी नेपाल लाइफ इन्स्योरेन्स एसोसिएसन (जेबिसान) का भूतपूर्व अध्यक्ष तथा संस्थापक सदस्य पनि हुन् ।
नेपालको अध्यक्षतामा उनले अमेरिकी व्यवसाय र नेपाली बजारबीचको सम्बन्धलाई थप सुमधुर बनाउने तयारी गरेका छन् । नेपालले विदेशी लगानीलाई आकर्षित गर्न जारी राखेको र आर्थिक वृद्धिका लागि सीमापार सहकार्य बढ्दो रूपमा अत्यावश्यक बन्दै गएको बेला उनको नियुक्ति महत्वपूर्ण मानिएको छ ।
उनको नेतृत्वले संयुक्त राज्य अमेरिका र नेपालबीच व्यापार, लगानी र आर्थिक सहयोगलाई प्रवर्द्धन गर्ने पहलहरू चलाउने अपेक्षा गरिएको छ ।
मेटलाइफको सहायक कम्पनीको रुपमा संयुक्त राज्य अमेरिकामा दर्ता भएको अमेरिकन लाइफ ईन्स्योरेन्सको शाखाको रुपमा मेटलाइफ सन् २००१ देखि नेपालमा सञ्चालनमा आएको हो । नेपालमा मेटलाइफले उपभोक्ता तथा व्यवसायहरुलाई जीवन बीमा, दूर्घटना तथा स्वास्थय बीमा, र कर्मचारी लाभ (समूह बीमा) जस्ता सुविधाहरु प्रदान गरिरहेको छ ।
FACEBOOK COMMENTS