काठमाडौं । राजेन्द्र बस्नेतको निर्देशनमा बन्न लागेको फिल्म ‘कार्की साइँला’को छायांकन सुरू भएको छ ।
मंगलबार धनकुटाबाट फिल्मको छायांकन सुरु गरिएको फिल्मका लागि पहिलो सट जितु नेपाल (मुन्द्रे) र प्रियना आचार्य (मुन्नी) ले दिएका छन् । फिल्ममा उनीहरू श्रीमान्–श्रीमतीको भूमिकामा देखिने बताइएको छ ।
छायांकनमा जितु र प्रियनासहित सुशील पोखरेल, विरेन्द्र सिंह कुशवाह, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बू, रोदा राई, कमल देवकोटा लगायतका कलाकारहरू उपस्थित छन् । निर्देशक बस्नेतले एक महिनाको सेड्युलमा फिल्मको छायांकन सुरु गरिएको बताएका छन् । फिल्मको धनकुटापछि बराहक्षेत्र र चतरामा फिल्मको छायांकन हुने छ ।
कर्ण बहादुर फिल्म्सको ब्यानरमा निर्माण हुने यस फिल्मको निर्मातामा बालकुमार राई रहेका छन् । कृष्ण भगत चाम्लिङ प्रस्तुतकर्ता रहेको फिल्ममा रोजल थापा फिल्ममा मुख्य सहायक निर्देशकको रूपमा छन् ।
FACEBOOK COMMENTS