काठमाडौं । विपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र शाहले जेठ १७ गते प्रतिनिधि सभामा सिमाका सम्बन्धमा व्यक्त गरेको धारणाबारे माफी माग्नुपर्ने बताएको छ ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद गणेशसिंह ठगुन्नाले प्रधानमन्त्री शाहले गल्तीबस नेपालले भारतको सीमा मिचेको बताएको भए प्रतिनिधि सभामा आएर क्षमायाचना गर्नुपर्ने बताए ।
त्यो नभई प्रधानमन्त्रीले नियतबस यस्तो कुरा गरेको भए प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने एमालेको धारणा रहेको ठगुन्नाले बताए ।
प्रधानमन्त्रीले हल्का बोल्दा नेपालले दाबी गर्दै आएको कालापानी, लिपुलेक, लिम्पियाधुरामा हामीले गरेको दाबीलाई कमजोर बनाएको ठगुन्नाले बताए ।