चितवन । मुग्लिन-नारायणगढ सडक खण्डको सिमलतालमा सडक भासिएको छ ।
लगातारको वर्षापछि त्रिशूली नदीमा पानीको बहाव बढेर सडकको तल्ला भाग कटान गर्दा उक्त स्थानमा सडक भासिएको हो ।
सडक डिभिजन भरतपुरका अनुसार त्रिशूली नदीको तीव्र बहावले सडकको लगभग आधा भाग काटेर बगाएको छ । जसका कारण सो स्थानमा सडक एकतर्फी रूपमा अवरुद्ध भएको हो ।
सडकको आधा भाग भासिएका कारण राजमार्ग एकतर्फी सञ्चालनमा रहेको जनाएको छ। सडक पूर्ण रूपमा सुचारु हुन केही समय लाग्न सक्ने अनुमान गरिएको छ ।