काठमाडौं । नबिल बैंकले आज बार्षिक साधारणसभा बोलाएको छ ।
बैंकले आज ४० औं वार्षिक साधारण सभा राष्ट्रिय सभागृह प्रर्दशनीमार्ग, काठमाडौंमा बिहान १० बजेदेखि सुरु गर्ने जनाएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत लाभांंश दिएको छ ।
सभामा गत आर्थिक वर्ष २०८०-८१ को नाफाबाट सेयरधनीलाई करसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । साधारण सभा प्रयोजनार्थ बैंकले मंसिर १० गते १ दिन बुक क्लोज गरिसकेको छ । मंसिर ९ गते सम्म कायम रहेका सेयरधनीले बैंकको साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।
FACEBOOK COMMENTS