काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले नेपालको समग्र अटोमोवाइल क्षेत्रबारे जानकारी दिन यथार्थ चित्रण पुस्तिका सार्वजनिक गरेको छ ।
नेपालमा अटोमोवाइल क्षेत्रको योगदान र यस व्यवसायमा देखा परेका समस्याहरुलाई केलाउदै ‘नाडा प्रस्प्रेक्टिभ अन करेन्ट सिनारियो– रेष्ट्रिक्सन अन इम्पोर्टेन्ट फर प्यासेञ्जर अटोमोवाइल्स’ नाडाले आज शुक्रबार सार्वजनिक गरेको हो । नीजि प्रयोजनका कार, जिप र भ्यानको आयातका लागि प्रतीतपत्र (एलसी) खुल्ला गर्नका लागि नाडाले अर्थ मन्त्रालयमा विधिवत सुझाव बुझाएको केही दिनपछि उक्त यथार्थ चित्र पुस्तिका सार्वजनिक गरेको हो ।
१ खर्ब भन्दा बढीको लगानी रहेको, हरेक वर्ष १ खर्व ५० अर्व भन्दा बढी राजश्वमा योगदान पुर्याउँदै आएको, देशको प्रत्यक्ष रोजगारीमा प्रत्यक्ष रुपमा १ लाख र अप्रत्यक्ष रुपमा १० लाख नागरिकलाई रोजगारीको अवसर प्रदान गर्दै आयातको तुलनामा झण्डै दोब्बर राजश्व उपलब्ध गराउने अटोमोवाइल क्षेत्रलाई नजर अन्दाज गरी सरकारले नीजि प्रयोजनका कार, जीप र भ्यानको आयातलाई आउँदो असार मसान्तसम्मका लागि प्रतिबन्ध समेत लगाएको छ ।
नाडाबाट प्रस्तुत ‘नाडा प्रस्प्रेक्टिभ अन करेन्ट सिनारियो– रेष्ट्रिक्सन अन इम्पोर्टेन्ट फर प्यासेञ्जर अटोमोवाइल्स’ले नेपालको अटोमोवाइल क्षेत्रबारे यथार्थ जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ ।
FACEBOOK COMMENTS