काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपाल (नाडा)ले अटोमोबाइल क्षेत्रका विभिन्न समस्याहरूबारे नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई जानकारी गराएको छ ।
आज बिहीबार नाडा अध्यक्ष करण चौधरी नेतृत्वको एक प्रतिनिधि मण्डलले अर्थमन्त्री पौडेलसँग भेट गरी विभिन्न समस्याहरूबारे जानकारी दिँदै समाधानको उपाहरू समेत सुझाएको हो ।
त्यस क्रममा अध्यक्ष चौधरीले सुस्ताएको नेपालको अटोमोबाइल व्यवसायलाई गतिशील बनाउन आवश्यक पर्ने नीतिहरुमा सुधारका लागि आग्रह गर्दै नाडाका तर्फबाट २२ बुँदे सुझावहरू अर्थमन्त्रीसमक्ष पेश गरेका छन् ।
पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनहरूलाई बैंकहरुबाट ‘हायर पर्चेज लोन’ प्रवाह गर्ने प्रक्रियामा ‘लोन टू भ्यालू रेसियो’मा हाल लगाइएको ५० प्रतिशतको सीमालाई बढाएर ७५ प्रतिशत पुर्याउनुपर्ने तथा कालोसूचीमा रहेको व्यक्ति वा फर्मलाई कर चुक्ता तथा नवीकरण गर्न रोक लगाईनु पर्नेमा नाडाले जोड दिएको छ ।
भेटका क्रममा अर्थमन्त्री पौडेलले नाडाले राखेको नीतिगतलगायत विभिन्न सुझावहरूप्रति जिज्ञासा र चासो राख्दै ती सुझावहरुका सम्बन्धमा सरकारले आवश्यक पहल गर्ने आश्वासन दिए ।

भेटघाट कार्यक्रममा नाडाका निबर्तमान अध्यक्ष डा. ध्रुव थापा, वरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सह–कोषाध्यक्ष पङ्कज अग्रवाल तथा एसोसिएशन सचिव सुरेन्द्र प्रधानलगायतको सहभागिता थियो ।

हेर्नुहोस् विज्ञप्ति–



नाडाले भौतिक पूर्वाधारमन्त्री महासेठलाई दियो २६ बुँदे सुझाव, अटो क्षेत्र सुधार्न के–के गर्नुपर्छ ?
निर्माण व्यवसायीको भुक्तानी रोकिँदैन, निजी क्षेत्रको विश्वास बढाउन पहल गर्छु : अर्थमन्त्री पौडेल
FACEBOOK COMMENTS