सुनिल रिजाल
कार्यसमिति सदस्य, नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपाल
भावना बिजनेश लिंक, ढुंगेअड्डा
नाडा अटो शोमा हामीले कम्पोनेन्ट (स्पेयर पार्टस) को स्टल राखेका छौँ । विगतका शोमा पनि हामीले सो स्टल राखेका थियौँ ।
हरेक गाडी, कम्पनी र मोडल अनुसारका पार्टसहरू र लुब्रिकेन्ट हामीले बिक्री गर्छौँ । यो स्टल नितान्त ग्राहकहरूलाई जानकारी दिने उद्देश्यले राखिएको हो, यहाँबाट बिजनेस हुँदैन । गाडी र बाइकहरू ग्ल्यामरस हुन्छन् । त्यसको खरिद गर्ने उपभोक्ताहरू पैसा भएपछि रहरले जाने ठाउँ हो भने तिनै ग्ल्यामरस वस्तु बिग्रिएपछि पार्टसको खोजी हुने हो । त्यो पनि ग्राहक स्वयम्ले कुन सामान बिग्रिएको वा कुन चाहिने भन्ने छुट्याउन सक्दैनन् ।
त्यसकारण हामीले बिजनेश टू बिजनेश (बी टू बी) को अवधारणा अनुसार यो प्रदर्शनी गरेका हौँ । नेपालभरिबाट कोही भिजिटर आउनुहुन्छ भने उहाँहरूसँगको सम्बन्ध र सम्पर्क स्थापित हुने उद्देश्यले यो स्टल राखेका हौँ । अर्थतन्त्र चलायमान नभएर देश समस्यामा परेको छ । यो शोले अर्थतन्त्र चलायमान बनाउँदै मुलुकको अर्थतन्त्र सुधारको बाटोतर्फ लैजान मद्दत पु¥याउनेछ भन्ने विश्वास हामीले लिएका छौँ । थप पढ्न यहाँ क्लिक गर्नुहोस्–
भिडिओ हेर्नुहोस्–
FACEBOOK COMMENTS