काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपाल (नाडा) ले आगामी भदौ ३ गतेदेखि ‘नाडा अटो शो, २०२५’ आयोजना गर्ने भएको छ ।
आज मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नाडाले नेपालकै सबैभन्दा प्रतीक्षित अटोमोटिभ कार्यक्रममध्येको ‘नाडा अटो शो, २०२५’ भदौ ३ गतेदेखि भदौ ८ गतेसम्म हुने जानकारी दिएको हो ।
काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा हुने उक्त शोको उद्घाटन उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले गर्ने नाडा अध्यक्ष करण चौधरीले जानकारी दिएका छन् ।
‘यो केवल प्रदर्शनी मात्र नभई नेपालको दीगो, स्मार्ट र भविष्यमुखी मोबिलिटीको प्रतिबद्धता हो,’ अध्यक्ष चौधरीले भने, ‘गो फर मोर भन्ने नारासहित आयोजना हुने यस वर्षको शोले नवीनतम प्रविधि, ग्राहक संलग्नता र अटो क्षेत्रको सम्पूर्ण पारिस्थितिकीय तन्त्रलाई एकै छानामुनि ल्याउने छ ।’
पत्रकार सम्मेलनमा अध्यक्ष करण चौधरीले के भने ?
अटो शोबारे विस्तृत जानकारीका लागि तलको विवरण पढ्नुहोस्–
FACEBOOK COMMENTS