काठमाडौं । देशकै सबैभन्दा ठूलो अटो शो ‘नाडा अटो शो २०२३’ आज मंगलबारबाट काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा सुरु भएको छ । अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले अटो शो को सुरु गरेका हुन् । कोरोना महामारीदेखि रोकिएको अटो शो यसपाली भएको हो ।
भदौ ३१ गतेसम्म सञ्चालन हुने शोमा २० अर्ब रुपैयाँ बराबरको कारोबार हुने अनुमान छ। यो पटकको अटो शोमा विद्युतीय सवारीको बाक्लो उपस्थिति छ ।
अटो शोमा ठूला तथा साना गरी करिब १२० वटा स्टल र ब्लक रहेका छन्। १६ ब्राण्डका चार पाङ्ग्रे, २२ वटा ब्राण्डका दुई पाङ्ग्रे, ७ वटा ब्राण्डका लाइट कमर्सियल भेहिकल, ९ वटा वित्तीय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्टपुर्जा एवं अन्य उपकरण कम्पनीहरुको सहभागिता छ।
अटो शोमा प्रवेश टिकटको मूल्य २०० रुपैयाँ तय भएको छ। विद्यार्थीहरुका लागि भने प्रवेश शुल्क १५० रुपैयाँ कायम गरिएको छ।
FACEBOOK COMMENTS