काठमाडाैं । नेपालमा पहिलो पटक नाडाले आयोजना गर्न लागेको नाडा इभी एक्सपो २०२२ को तयारी तीव्र पारिएको छ ।
एक्स्पोमा चार पाँग्रे, तिन पाँग्रे दुई पाँग्रे विद्युतिय सवारी साधनहरुको उल्लेख्य सहभागिता रहने बताईएको छ । यसैगरी सो प्रदर्शनीमा अटोकम्पोनेण्ट, टायर, व्याट्री, ग्यारेज इक्यूपमेण्टस, चार्जिङ्ग स्टेशन, लगायत बैङ्क तथा इन्स्योरेन्स कम्पनीहरु समेतगरी कूल ४५ भन्दा बढी कम्पनीहरुको सहभागिता हुने भएको छ ।
काठमाण्डौको भृकुटी मण्डपमा असोज ६ गते देखि ९ गतेसम्म आयोजना हुने नाडा इभी एक्सपोमा सहभागी हुने कम्पनीहरुको लागि लक्की ड्र कार्यक्रम आज टेकुस्थित नाडाको सचिवालयमा सम्पन्न भएको छ ।
नाडा अटो एक्सपो समितिका सभापति अनुप बरालका अनुसार उक्त लक्की ड्र कार्यक्रममा नाडाका अध्यक्ष र्धुव थापा, कोषाध्यक्ष मिलनबाबु मल्ल, तथा केन्द्रीय कार्य समिति सदस्य प्रदिपमान प्रधान समेतको उपस्थिति रहेको थियो ।
FACEBOOK COMMENTS