काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा एमालेले नेपाली कांग्रेससँग तालमेल गर्नेबारे छलफल भइरहेको जनाएको छ ।
पार्टी उपमहासचिव लेखराज भट्टले आजको सचिवालय बैठकमा यसबारे अध्यक्ष ओलीले जानकारी गराएको बताए । ‘अध्यक्षलाई नै उम्मेदवार टुंग्याउने जिम्मा दिने निर्णय भएको छ ।
सातैवटा प्रदेशमा एक/एक जना उम्मेदवारी दिने गरी कांग्रेससँग छलफल भइरहेको छ’ उनले भने । राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी दर्ता भोलि हुँदैछ ।
त्यस्तै आजको बैठकले घोषणा पत्र निर्माण समिति बनाएको छ भने उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा निर्वाचन परिचालन कमिटी निर्माण गरिएको उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन् ।
FACEBOOK COMMENTS