काठमाडौं । राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाका लागि गठित ‘संयुक्त जनआन्दालन समिति’ का नेतृत्वककर्ता नवराज सुवेदीलाई जिम्मेवारीबाट हटाउने तयारी गरिएको छ ।
समितिका प्रवक्ता स्वागत नेपालका अनुसार धेरैभन्दा धेरै युवाहरूलाई समेटेर समिति पुनर्गठन गरिने छ । समितिमा राजसंस्थाको पक्षमा रहेका अन्य दलका नेताहरूलाई समेत सहभागी गराइने बताइएको छ ।
गएको हप्ता सुवेदी नेतृत्वको समितिको समीक्षा बैठकमा हो–हल्ला भएपछि आपसको मतभेद सतहमा आएको थियाे । राप्रपा नेपालका अध्यक्ष कमल थापा बोल्दाबोल्दै हो–हल्ला भएपछि सुवेदीले बैठक स्थगित गरेका थिए ।
FACEBOOK COMMENTS