काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले आजदेखि हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले आजदेखि २५ प्रतिशत हकप्रद सेयर निष्कासन गरेको हो ।
कम्पनीले ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । प्रतिकित्ता सय रुपैयाँका दरले ५० करोड ३० लाख ९० हजार १५५ सय रुपैयाँको हकप्रद सेयर निष्कासन गरेको हो ।
हकप्रद सेयरमा लगानीकर्ताले फागुन २८ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले माघ १८ गते बुक क्लोज गरेको छ ।
यसको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । हकप्रदमा आवेदन बिक्री प्रबन्धक सानिमा क्यापिटलका साथै इन्स्योरेन्सको तोकिएको शाखा कार्यालयबाट, धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।
FACEBOOK COMMENTS