काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा नेपाल बैंकले २ अर्ब ७८ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
जुन गत आवको सोही अवधिको तुलनामा २०३२.८० प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकले १३ करोड ५ लाख नाफा कमाएको थियो । बैंकको लाभांश वितरण गर्ने क्षमता ३० करोड ६२ लाख रुपैयाँ छ ।
यो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ४.८१ प्रतिशतले बढेर ७ अर्ब १० करोड रहेको छ । यस्तै सञ्चालन नाफा ६३६.८१ प्रतिशतले बढेर ४ अर्ब ३१ करोड २७ लाख रुपैयाँ रहेको छ ।
१४ अर्ब ६९ करोड ४० लाख २२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको २३ अर्ब ३१ करोड ३४ लाख रुपैयाँ जगेडा कोषमा छ । बैंकको खराब कर्जा ५.४५ प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानी २५.२६ रुपैयाँ रहेको बैंकको प्रतिसेयर नेटवर्थ २६.७४ रुपैयाँ छ ।
FACEBOOK COMMENTS