काठमाडौं । नेपाल दाना उद्योग संघको अध्यक्षमा रविन पुरी सर्वसम्मत चयन भएका छन् ।
आज शनिबार काठमाडौंमा सम्पन्न संघको २१औं साधारणसभाले पुरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । संघको प्रथम उपाध्यक्षमा शंकर प्रसाद कँडेल, द्वितीय उपाध्यक्षमा प्रदीप कुमार रुङ्गटा र तृतीय उपाध्यक्षमा ज्ञानेन्द्र पराजुली सर्वसम्मत चयन भएका छन् ।
त्यस्तै संघको महासचिवमा केशवराज थापा, सचिवमा, राजकुमार पराजुली र कोषाध्यक्षमा उमेशचन्द्र सापकोटा चयन भएका छन् । त्यस्तै सदस्यहरूमा देवीप्रसाद गौतम, नितेश गुप्ता, नारायणप्रसाद फुँयाल, आनन्द कुमार बगडिया, विनोद पोखरेल, सुरेन्द्रराज प्रधान, विनोदचन्द्र केसी, विनोद भण्डारी, राजकुमार बन्जारा र गोपाल टण्डन सर्वसम्मत चयन भएका छन् ।
कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्र राय यादवको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभा समारोहमा नेपाल उद्योग वाणिज्य मसंघका उपाध्यक्ष दिनेश कुमार श्रेष्ठ तथा अन्जन कुमार श्रेष्ठ, नेपाल ह्याचरी उद्योग संघका अध्यक्ष ऋषिराम पौड्याल, नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक डा. मनिता जोशी बैद्यको समेत उपस्थिति रहेको थियो ।
नेपालमा दाना उद्योगको प्रवर्द्धन गर्न, नेपाललाई दाना, कुखुराको चल्ला, अण्डा र मासु उत्पादनमा आत्मनिर्भर बनाउन कुखुरापालन क्षेत्रकै पहिलो संस्थाको रुपमा २०४६ सालमा स्थापना भएको थियो । पुरीको नेतृत्वमा बनेको नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको रहने छ ।
FACEBOOK COMMENTS