काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले निष्कासन गरेको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्रै आवेदन दिन सकिने छ ।
कम्पनीले साउन ६ गतेदेखि हकप्रद सेयर निष्कासन गरेको हो । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको ३४.७८ प्रतिशत हकप्रद सेयर निष्काशन गरेको छ ।
हाल १० कित्ता सेयर सेयर हुने सेयरधनीले नयाँ ३.४७ कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ । कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले ६५ करोड ७६ लाख ९६ हजार ७७६ रुपैयाँको ६५ लाख ७६ हजार ९६७.७६ कित्ता हकप्रद सेयर निष्काशन गरेको छ ।
हकप्रद सेयर निष्काशन गरेको कम्पनीले जेठ ३० गते बुकक्लोज गरेको छ । जेठ २९ गतेसम्म कायम रहेका सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।
इन्स्योरेन्सको बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल रहेको छ । आवेदनकर्ताले बिक्री प्रबन्धकका साथै नेपाल धितोपत्र बोर्डबाट सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार २३१ रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्कासन पश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब ५४ करोड ८५ लाख ७५ हजार ७ रुपैयाँ पुग्नेछ ।
FACEBOOK COMMENTS