काठमाडौं । नेपाली बीमा क्षेत्रको अग्रणी संस्था नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो स्थापनाको २५औँ वर्ष (रजत वर्ष) मा प्रवेश गरेको छ ।
सो अवसरलाई विशेष र सेवामुखी बनाउन कम्पनीले देशभर वृहत् रक्तदान र नि:शुल्क स्वास्थ्य शिविर आयोजना गर्ने जानकारी दिएको छ ।
‘लाइफ इज प्रिसियस ! लेट्स अपलिफ्ट इट टुगेदर’ अर्थात् ‘जीवन अमूल्य छ, यसलाई सँगै उकासौं’ नाराका साथमा देशभर वृहत रक्तदान कार्यक्रम र नि:शुल्क स्वास्थ्य शिविर गर्न लागेको कम्पनीले बताएको छ । स्थापनाको २४ वर्षदेखि सर्वसाधारणको जीवन र भरोसासँग निरन्तर जोडिँदै आएको नेपाल लाइफले आफ्नो वार्षिकोत्सवलाई केवल उत्सवमा मात्र सीमित नराखी सामाजिक उत्तरदायित्वसँग जोड्न खोजेको बताइएको छ ।
दुई दिने नि:शुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम
कम्पनीले राजधानी काठमाडौंको कमलादीस्थित आफ्नो केन्द्रीय कार्यालयमा दुईदिने विशेष नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दैछ । भोलि सोमबार र पर्सि मंगलबार बिहान ९:३० देखि साँझ ६:३० बजेसम्म उक्त शिविर सञ्चालन हुने कम्पनी सचिव तथा सूचना अधिकृत विनोद कुमार भुजेलले जानकारी दिए । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा सञ्चालन हुने उक्त शिविरमा सर्वसाधारणले विशेषज्ञ चिकित्सकहरूबाट स्वास्थ्य परीक्षण गराई स्वास्थ्य लाभ लिन सक्ने उनको भनाइ छ ।

यस्तै, ‘रक्तदान नै जीवन दान हो’ भन्ने भावनालाई आत्मसात गर्दै कम्पनीले भोलि सोमबार नै केन्द्रीय कार्यालय प्राङगणमा रक्तदान कार्यक्रम पनि आयोजना गरेको छ । बिहान ९:३० देखि दिउँसो २:०० बजेसम्म रक्तदान कार्यक्रम तय गरिएको सूचना अधिकृत भुजेलले जानकारी दिए ।

उनका अनुसार काठमाडौँ मात्र नभई, कम्पनीले आफ्नो सञ्जाललाई देशभर परिचालन गर्दै सातै प्रदेशका प्रमुख सहरहरूमा पनि एकैसाथ रक्तदान कार्यक्रम आयोजना गर्दैछ । जसमा नुवाकोट, बनेपा, धनगढी, दमक, भैरहवा, बुटवल, हेटौँडा, सुर्खेत, इटहरी, पोखरा, नारायणगढ, वीरगञ्ज र जनकपुरका शाखा कार्यालयहरूमा बिहानैदेखि कार्यक्रम सुरू हुने छ ।

यस विशेष अवसरमा सबैलाई सक्रिय सहभागिताका लागि कम्पनीले आह्वान गरेको छ । कम्पनीका अनुसार, ‘स्वास्थ्य सचेतना अभिवृद्धि गर्नु र रगतको अभावमा कसैले ज्यान गुमाउन नपरोस् भन्ने हेतुले यो कार्यक्रम आयोजना गरिएको हो । हाम्रो सानो सहयोगले कसैको अमूल्य जीवन जोगिन सक्नेतर्फ कम्पनीले स्मरण पनि गराएको छ ।
२५ वर्षको गौरवमय यात्रा पूरा गरेको यस घडीमा नेपाल लाइफले देखाएको यो मानवीय कार्यले समाजमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
केन्द्रीय कार्यालयबाहेक रक्तदानको स्थान र समयतालिका यसप्रकार छ–