काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
आजसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउन सक्नेछन् । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि माघ १० गते बुक क्लोज गर्ने भएको छ । त्यसैले आजसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन र तोकेको लाभांश पाउनेछन् ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र करसहित ११.०५ प्रतिशत नगद लाभांश गरी २१.०५ प्रतिशत लाभांश दिने जनाएको छ । कम्पनीले लाभांश पारित गर्न माघ २८ गते वार्षिक साधारण सभा बोलाएको छ ।
FACEBOOK COMMENTS