काठमाडौँ । नेपाल प्रहरीका ७ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा भएको छ ।
डीआईजी सरुवा भएसँगै केन्द्रिय अनुसन्धान ब्यूरोमा गोविन्द थपलियालाई सरुवा गरिएको छ ।
मधेश प्रदेशमा उमा प्रसाद चतुर्वेदी, कोशी प्रदेशमा ईश्वर कार्की, बागमती प्रदेशमा अरुण पौडेल र गण्डकी प्रदेशमा दिनेश कुमार आचार्य, डम्बर बहादुर बिक सुदुरपश्चिम प्रदेश, लुम्बिनी प्रदेशको प्रहरी प्रमुखमा राजेन्द्र प्रसाद भट्टलाई पठाइएको छ ।
FACEBOOK COMMENTS