काठमाडौं । नेपाल एसबीआई बैंकले रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–४ मनौरास्थित रामजानकी अधारभूत विद्यालयलाई स्मार्ट बोर्ड तथा खेलकुद सामग्री प्रदान गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि स्मार्ट बोर्ड तथा खेलकुद सामग्री प्रदान गरेको हो ।
बैंकका लुम्बिनी प्रदेश प्रमुख शिव दाहालले सो विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकलार्र्ई उक्त सामग्रीहरू हस्तान्तरण गरे ।
FACEBOOK COMMENTS