काठमाडौँ । नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्धारा बैंक तथा बित्तिय संस्थाहरुलाई प्रदान गरिने बाणिज्य बैंक तर्फको तीन प्रतिष्ठित पुरस्कारहरुबाट सम्मानित भएकोे छ ।
बैंकले प्रदर्शन व्यवस्थापन राम्रो बैंक र उत्कृष्ट प्रदर्शन लगायतका बिधामा उक्त सम्मान प्राप्त गरेको हो । भारतको नयाँ दिल्लीमा इण्डियन च्याम्बर अफ कमर्शद्धारा आयोजित तेस्रो इमर्जिङ एसिया बैंकिङ
अवार्ड २०२५ कार्यक्रममा बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत, राम कुमार तिवारीले उक्त पुरस्कारहरू ग्रहण गर्नुभएको थियो ।
यी प्रतिष्ठित पुरस्कारहरूले बैंकको जोखिम व्यवस्थापनका अभ्यासहरु, सञ्चालन उत्कृष्टता तथा बैंकको सम्पत्तिको गुणस्तर कायम राख्ने प्रतिबद्धतालाई जोड दिन्छ ।
नेपाल एसबिआई बैंकले बिगत ३२ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ ।
हालबैंकका १०१ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २० शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।
FACEBOOK COMMENTS