काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनीले आगामी आइतबारदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
कम्पनीले ११ लाख ४१ हजार २५० कित्ता सेयर निष्कासन गर्न लागेकोमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासन गरिसकेको छ ।
यो आईपीेओमा मंसिर १३ गतेसम्म आवेदन दिन सकिनेछ ।
उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा मंसिर २४ गतेसम्म आवेदन दिन सकिने छ । आईपीओमा न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । यसको बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ ।
FACEBOOK COMMENTS