काठमाडाैं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । बैठक सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बिहान ९ बजे बस्नेछ ।
कांग्रेसबाट गृहमन्त्री रहेका रमेश लेखककको राजीनामा माग भइरहेका बेला बैठक बस्न लागेको हो ।
भिजिट भिसामार्फत भएको मानव तस्करीमा आथिर्क लेनदेनको आरोप लागेपछि कांग्रेसभित्रैबाट पनि गृहमन्त्री लेखकको राजीनामा माग भइरहेको छ । बैठक यसबारे पनि छलफल हुने बताइएको छ ।
यसका साथै, आउने संसद् बैठक, पार्टीको आन्तरिक विषय र समसामयिक राजनीतिक विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।
त्यस्तै, क्रियाशील सदस्यता नवीकरणको विषयमा पनि छलफल हुनेछ ।
कांग्रेसले क्रियाशील सदस्यता नवीकरणका लागि असार मसान्तसम्मको समय दिएको छ ।
FACEBOOK COMMENTS