काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरहरूले महाधिवेशन व्यवस्थापनका लागि विभिन्न उपसमितिहरू गठन गरेको छ ।
विशेष महाधिवेशन सञ्चार तथा प्रचार प्रसार समितिले काठमाडौंमा एक पत्रकार सम्मेलन आयोजना गर्दै यही पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने आह्वान गरेको छ ।
सँगसँगै विभिन्न १८ वटा उपसमिति गठन गरिएको जानकारी पनि गराइएको छ । उक्त उपसमितिका संयोजकहरू पनि तोकिएको समितिले जानकारी गराएको छ ।
व्यवस्थापन, जनपरिचालन, मञ्च व्यवस्थापन, आवास तथा खाना व्यवस्थापन, जेनजी युवा परिचालन लगायतका विभिन्न १८ वटा उपसमिति गठन गरिएको हो । बाध्यकारी अवस्थामा आफूहरूले विशेष महाधिवेशन आह्वान गरिएको विशेष महाधिवेशन पक्षधरले जनाएको छ ।


FACEBOOK COMMENTS