काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले मुलुक हेटौडा सिमेन्ट उद्योग जस्तो भएको टिप्पणी गरेका छन् ।
शुक्रबार चितवनमा आयोजित रस्वपाको चुनावी सभालाई सम्बोधन गर्दै बालेनले देश सबै स्रोत र सुविधा भएर पनि चलन नसकेको हेटौडा सिमेन्ट फ्याक्ट्री जस्तो भएको बताएका हुन् ।
उनले देशलाई नेपाली कांग्रेसको वाइवाइ फ्याक्ट्री जस्तो सबै देशमा पुग्न सक्ने गरि चलाउनुपर्ने बताए । बालेनले चुनाव प्रचार प्रसारको क्रममा मुलुकका ४०–४५ जिल्ला घुमेको उल्लेख गर्दै सबै जिल्लाका समस्या एकै किसिमका रहेको आफुले पाएको बताए ।
उनले एक जिल्लाका समस्याको समाधान अर्को जिल्लामा रहेको आफुले बुझेको बताउदै ति समस्याको समाधान आफुहरुले गर्ने बताए ।
बालेनले चितवनले देशको पर्यटन विकासका लागि पुरै देशलाई सिकाउनु पर्ने समेत बताए ।

FACEBOOK COMMENTS