काठमाडौं । काठमाडौं उपत्यकाको शान्ति सुरक्षा कायम गर्न नेपाली सेनाले काभ्रेपलाञ्चोकको पाँचखालबाट थप फौज काठमाडौं मगाएको छ ।
जेन्जीहरूको आन्दोलन केही हदसम्म रोकिए पनि अन्तरिक सरकार गठनमा भइरहेको कठिनाइ र त्यसबाट उत्पनन हुनसक्ने सम्भावित जोखिमलाई नियन्त्रणमा राख्न थप फौज मगाइएको हो ।
उक्त पैयोजनार्थ पाँचखालस्थित वीरेन्द्र शान्ति तालिम केन्द्रबाट आज बिहीबार दिउँसो करिब आधा दर्जन गाडीमा नेपाली सेनाको फौज काठमाडौंका लागि हिँडिसकेको बताइएको छ ।
जेन्जीको आन्दोलन नियन्त्रणमा लिन अहिले देशभरको सुरक्षा नेपाली सेनाले सम्हालिरहेको छ ।
FACEBOOK COMMENTS