काठमाडौं । अघिल्लो कारोबार दिन गत बिहीबार अत्यास लाग्दो ढङ्गबाट ६ प्रतिशतले घटेको शेयर बजार आज रहर लाग्दो ढङ्गबाट सम्हालिएको छ ।
नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) का अनुसार आज आइतबार आज सेयर बजार मापक नेप्से परिसूचक ११६.०१ अंकले बढेर दुई हजार ६२७ दशमलव ३ विन्दु कायम भएको छ । ६ सयको बिन्दु पार गरेको हो ।
आज ४.६१ प्रतिशतले नेप्से बढेको हो ।
नेप्से परिसूचकसँगै आज कारोबार रकम पनि बढेको छ । यसदिन ३२९ कम्पनीको दुई करोड ३२ हजार २२४ कित्ता शेयर एक लाख आठ हजार ९०८ पटक किनबेचहुँदा नौ अर्ब १७ करोड ९५ लाख ७३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
गत बिहिबार तीन पटक नकारात्मक सर्किट लागेको बजार १६० दशमलव ३३ अङ्कले घटेर दुई हजार ५११ दशमलव ९१ विन्दुमा झरेको थियो ।
FACEBOOK COMMENTS