काठमाडौं । सोमबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ। नेप्से २.४१ अंकले बढेर २६१६.९७ विन्दुमा बन्द भएको छ।
नेप्से बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। आइतबार ६ अर्ब ६९ करोड रूपैयाँको कारोबार भएकोमा सोमबार ५ अर्ब १३ करोड रूपैयाँमा पुगेको छ।
यसदिन ३२९ वटा धितोपत्रको एक करोड २६ लाख २१ हजार १८८ कित्ता सेयर किनबेच भएको हो। सोमबार ११३ कम्पनीको सेयरमूल्य बढेको छ भने १४० वटाको घटेको छ। यस्तै, ९ कम्पनी स्थिर छन्। यसदिन साल्पा विकास बैंकको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ।
FACEBOOK COMMENTS