काठमाडौं । नेप्से ६ प्रतिशतले बढेपछि आजका लागि कारोबार पूर्णरूपमा बन्द भएको छ ।
कारोबार सुरू भएको एक मिनेटमै नेप्से ४ प्रतिशतले बढेर २० मिनेटका लागि बन्द भएको थियो । त्यसपछि खुलेको नेप्सेमा ५ प्रतिशतले बढेर पुन: सकारात्मक सर्किट ब्रेक लागेको थियो ।
४० मिनेटका लागि कारोबार बन्द भएर खुलेको नेप्से ६ प्रतिशतले बढेपछि फेरि तेस्रो पटक सकारात्मक सर्किट लाग्यो र आजका लागि कारोबार नै बन्द हुन पुग्यो ।
प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनपछि खुलेको बजारमा उच्च अङ्कको उछाल आएको हो ।
यस अवधिमा नेप्से १६२.९३ अङ्कले बढेर ५५ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका कम्पनीहरूमध्ये २५२ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने रिलायन्स स्पिनिङ मिल्सको मात्रै घटेको छ ।

शेयर बजार खुल्नेबित्तिकै लाग्यो सर्किट

प्रि–ओपन सेसनमा नेप्से करिब ४५ अङ्कले बढ्यो
FACEBOOK COMMENTS