काठमाडौं । साताको पहिलो दिन आज शेयर बजार दोहोरो अंकले बढेको छ । पौने ४ अर्ब बढीको कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १८.०७ अंकले बढेको हो । ०.७१ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २५६०.८४ अंकमा पुगेको छ ।
समग्रमा बजार बढे पनि फाइनान्स ०.४३ र ट्रेडिङ समूह ०.०९ प्रतिशतले घटेको छ । बाँकी अरु समूहमा हरियाली छाएको छ ।
आज ३५२ कम्पनीका ९२ लाख ९८ हजार ९४ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८३ करोड १५ लाख ८४ हजार ४ सय २३.१६ रुपियाँ बराबरको कारोबार भएको छ ।
पियोर इनर्जी लिमिटेडका लगानीकर्ताहरुले सबैभन्दा बढी १५ प्रतिशतले नाफा कमाएका छन् भने इमर्जिङ नेपाल, सिन्धु विकास बैंक, जानकी फाइनान्स र अपर लोहोरेका शेयरधनीहरुले क्रमश: १५, १५, १४.९९ र १३.३३ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज रिलायन्स स्पिनिङको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २५ करोड २१ लाख ६६ हजार १ सय २२.५० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।