काठमाडाैँ । साताको बुधबार दिन नेप्से परिसूचक२ हजार ७५५ विन्दुमा आएर रोकिएको छ । यो दिन नेप्से परिसूचक ३८.८१ ले बढ्दा लगानीकर्ताहरु उत्साहित बनेको छन् । जसले भब्य लगानी बढाएका छन् ।
विक्रेताहरुभन्दा खरिददारहरु हाबीहुँदा बजारबीचमा उत्तारचढाब आइरहेको थिया पछि बजार सम्हालिन पुगेको छ । आज मात्र पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डका नवयुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले कार्यभार सम्हालेका छन् । उनले कार्यभार सम्हाल्दै समग्र पुँजीबजारको हितमा रहेर काम गर्ने बताएका थिए । यसले लगानीकर्ताहरुलाई नयाँ खालको उत्साहित बनाइएकोछ । लामो समयदेखिको नीतिगत सुधार गर्नुपर्ने कामहरु रहेको हुँदा आगामीदिनमा बजारले गति लिन सक्ने लगानीकर्ताहरुको दाबी छ ।
यो दिन धितोपत्र र ऋणपत्रगरी कारोबारम आएका ३१६ कम्पनीको १ करोड ७१ लाख कित्ता शेयर किनबेचहुँदा ९ अर्ब ३१ करोड रुपैयाँको कारोबार भएको छ । जानकी फाइनान्स,एनआरएन इन्फाष्ट्रचर,पिपुल्स हाइड्रो कम्पनी, नेपाल फाइनान्स,सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य २२ करोड ८४ लाख रुपैयाँदेखि ३४ करोड रुपैयाँसम्म कारोबार भएको छ । उच्च अंकले बढेको बजारमा ८वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
वेस्ट फाइनान्स,कर्णाली डेभलपमेन्ट बैंक,कर्पोरेट डेभलपमेन्ट बैंक,सिन्धु विकास बैंक,सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था, ग्रिन डेभलपमेन्ट बैंकको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो । सुपरमादी हाइड्रोपावर, लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) ९.५५ प्रतिशत देखि ९.७५ प्रतिशतसम्मले बढेको छ ।
मिथिलो लघुवित्त वित्तीय संस्थाको १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । नेपाल फाइनान्स, थ्रिस्टार हाइड्रोपावर,एनआईसी ब्यालेन्स फण्ड र जानकी फाइनान्स कम्पनीको ३.०१ प्रतिशतदेखि ६.७७ प्रतिशतले घटेको छ । यो दिन कारोबारमा आएका १३ वटा समूहको सूचकमध्ये फाइनान्स समूहको घट्दा अन्य १२ वटा समूहको सूचक बढेको छ । विकास बैंक, होटल तथा पर्यटन,जलविद्युत, निर्जीवन बीमा समूह, ट्रेडिङ समूहको सूचकको उच्च अंकले बढेको छ ।
FACEBOOK COMMENTS