काठमाडौं । साताको पहिलो दिन आज आइतबार नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ ।
आज ३०.८९ अङ्कले घटेर नेप्से परिसूचक २ हजार ५१३ दशमलव ४१ विन्दुमा झरेको छ । आज कारोबारमा आएका २२५ ओटा धितोपत्रको ३२ लाख ५३ हजार ८१६ कित्ता शेयर २८ हजार ११३ पटक खरीदविक्री हुँदा १ अर्ब ४६ करोड ७ लाख ७३ हजार ७२९ रुपैयाँ १८ पैसा बराबरको शेयर कारोबार भएको छ ।
आज सेन्सेटिभ इन्डेक्स १.३५ प्रतिशत, फ्लोट इन्डेक्स १.१२ प्रतिशत तथा सेन्सेटिभ फ्लोट इन्डेक्स १.११ प्रतिशतले घटेको छ । त्यस्तै म्युच्युअल फण्ड बाहेक सबै उपसूचकहरू पनि राताम्य बनेका छन् । आज म्युच्युअल फण्ड उपसूचक स्थिर रहेको छ ।
FACEBOOK COMMENTS