काठमाडौँ । नेप्सेमा आजपनि गिरावट आएको छ । साताको अन्तिम कारोबार दिन विहिबार नेप्से १८.४० अंकले घटेर २४८७.१७ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३११ कम्पनिका ७६ लाख ४३ हजार ६३५ कित्ता शेयर ३ अर्ब २७ करोड ५४ हजार ८६४ मा कारोबार भएको थियो । आज बैंकिङ र म्युचुअल फन्ड क्षेत्र बाहेक अन्य सबै क्षेत्रको शेयर घटेको छ ।
आज हिमालयन पावर पार्टनरको शेयरमा सबैभन्दा बढी ९.९३ प्रतिशतले बढेको छ भने कालिका लघुवित्तको शेयर ५.६९ प्रतिशतले बढेको छ । त्यस्तै आज समाज लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको छ भने युनिक नेपाल लघुवित्तको शेयर ७.३३ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी मुक्तिनाथ विकास बैंक १५ करो ३० लाख बराबरको शेयर कारोबार भएको छ भने नेपाल रिइन्सुरेन्सको १३ करोड ४ लाख बराबरको कारोबार भएको छ ।
FACEBOOK COMMENTS