काठमाडौं । सोमबार यातायात मजदुरसंघले गरेको आन्दोलनको मौका छोपी नयाँ बसपार्कस्थित ल्होसे मलमा दिनदाहडै भएको लुटपाटको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेपाल उद्योग वाणिज्य संघले जनाएको छ ।
राज्य प्रशासन र कानुनलाई ठाडै चुनौती दिदैँ दिनदाहडै भएको घटनाले सुरक्षा निकायले जनतालाई दिनुपर्ने शान्ती सुरक्षा र आफ्नो कर्तव्यमा कमीकमजोरी भएको महासंघका अध्यक्ष दिनेश श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
शान्तीपुर्ण आन्दोलन, प्रदर्शन गर्न पाउने अधिकार जो कसैलाई हुने तर सोही आन्दोलनको निहुँमा कसैको व्यक्तिगत व्यवसायमाथि तोडफाेड गर्न नपाइने र लुटपाट मच्चाउने अधिकार कसैलाई नभएको तोडफोड र लुटपाटका कारण पिडितले लाखौँको क्षति व्यहोरनुपरेको’ विज्ञप्तिमा उल्लेख छ ।
कोभिड प्रकोप चर्को बैंकको व्याजदरले धरायसी बन्दै गएको निजी क्षेत्रलाई यस घटनाले थप प्रभावित बनाएको संघले जनाएको छ । राज्यलाई कर तिरेर निर्धक्क साथ व्यवसाय सञ्चालन गर्न नदिएको भन्दै महासंघले तोडफाेड र लुटपाट को घोर विरोध गरेको छ । महासंघले तोडफोड, आगजनी र लुटपाटको घटनामा संलग्नलाई तत्काल कार्वाहीको दायरामा ल्याउन माग गर्दै पीडित व्यवसायीलाई अविलम्ब उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको हाे ।
उद्योगी व्यवसायीहरुलाई निर्धक्क साथ व्यवसाय गर्ने वातावरण तय गरिदिन समेत महासंघले आग्रह गरेको छ ।
FACEBOOK COMMENTS