न्यूयोर्क । मेटलाइफले यस पटक पनि फर्च्युन म्यागजिनको२०२३ को“विश्वको सबैभन्दा प्रशंसनीय कम्पनीहरू“ कोसूचीमा लगातार दुई पटक आफ्नोनाम समावेश गर्न सफल भएको छ ।
उत्कृष्ट प्रतिष्ठित कम्पनीहरूकोवार्षिक प्रतिवेदन कार्डमा आठ जीवन बीमा कम्पनीहरुलाई समावेश गरिएको थियो । लगानी मूल्य, व्यवस्थापनको गुणस्तर, सामाजिक उत्तरदायित्व तथा प्रतिभालाई आकर्षित गर्ने क्षमताजस्ता
नौ विभिन्न कारकहरुमा बीमा उद्योगका कार्यकारीहरु, निर्देशकहरुसँग सर्वेक्षण गरि बीमा उद्योगमा सबैभन्दा बलियो प्रतिष्ठा भएका कम्पनीहरुको पहिचानका लागि फच्र्युनको कर्न फेरि नामक विश्वव्यापि संगठनात्मक परामर्शदाता कम्पनीसँग सहकार्य रहेको छ ।
मेटलाइफका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत, मिशेल खलाफले आफ्नो कम्पनीलेथप समावेशी र समतामूलक कार्यस्थल र समाज निर्माण गर्ने प्रतिबद्धता राखेको बताएका छन् ।
आयना सहायक र सम्बद्घ संस्थाहरु सहित वित्तीय सेवा प्रदायक विश्वका प्रमुख कम्पनीहरु मध्येको बीमा, एन्युटी कर्मचारी लाभ योजनाहरु र
सम्पत्ति व्यवस्थापनकोसेवा प्रदान गरी व्यक्तिगत तथा संस्थागत ग्राहकहरुलाई अझ सुनिश्चित भविश्य निर्माण गर्न मद्घत गरिरहेकोएक प्रमुख बित्तीय सेवा प्रदायक कम्पनी हो । सन्१८६८ मा स्थापित भएको विश्वभर ४० भन्दा बढि बजारहरुमा संचालनमा रहेको छ र संयुक्त राज्य अमेरिका, जापान,ल्याटिन अमेरिका, एशिया, युरोप र मध्य पूर्वमा अग्रणी स्थान ओगटेको छ ।